काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्येक पार्टी सदस्य उत्पादनमा जोडिनुपर्ने बताएका छन् । आफ्नो ‘२१ औं शताब्दीमा समाजवादीको नेपाली बाटो’ नामको प्रतिवेदनमा उनले यस्तो बताएका हुन् ।
प्रचण्डले कृषिलाई व्यवसायीकरण गर्ने कुरामा पार्टी सदस्यहरु जोडिनुपर्ने पनि प्रस्ताव गरेका छन् । आफ्नो राजनीतिक तथा वैचारिक प्रतिवेदनमा प्रचण्डले पालिका स्तरमा पार्टीका सदस्यहरुले व्यवसायीक कृषि फर्म सञ्चालन गर्नुपर्ने बताएका छन् ।
प्रचण्डले पालिका स्तरमा कम्तीमा ५० जना सहभागी गराई कृषि फर्म चलाउनुपर्ने बताएका छन् । प्रचण्डको प्रतिवेदनमा देशको आर्थिक विकासमा कृषि क्षेत्रको भूमिका सबैभन्दा महत्वपूर्णं हुने उल्लेख छ ।
सम्बन्धित समाचार
प्रचण्डको प्रतिवेदन : ‘प्रचण्ड पथ’लाई नब्यूँताउने, सन्दर्भ सामाग्री मात्रै बनाउने
वि.सं.२०७८ पुस १२ सोमवार १४:५५ मा प्रकाशित






























