back
CTIZAN AD

माओवादी बन्दसत्रमा विवाद, बोलाइयो आकस्मिक स्थायी समिति बैठक

वि.सं.२०७८ पुस १५ बिहीवार

636 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको जारी बन्दसत्रमा विवाद उत्पन्न भएको छ । प्रदेश २ का प्रतिनिधिहरुले नेता गिरिराजमणि पोखरेल र उनको समूहमाथि प्रश्न उठाउँदै कारबाहीको माग गरेपपछि विवाद उत्पन्न भएको हो ।

समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा प्रदेश २ का टोली नेता सत्यनारायण भगतले जनयुद्धकालीन शहीद रामवृक्ष यादवको शालिक भत्याएको आरोप लगाउँदै कारबाहीको माग उठाएका थिए । बुधबारको बन्दससत्रमा भगले उक्त विषय उठाएपछि नेता पोखरेलले आपत्ति जनाएका थिए । आफुँमाथि कारबाहीको माग उठेपछि पोखरेल आजको बन्दसत्रमा उपस्थित छैनन् ।

विवाद बढ्ने अवस्था पुगेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समितिको आकस्मिक बैठक बोलाएका हुन् । स्थायी समितिमा भगतले उठाएको उक्त मुद्दाबारे छलफल हुनेछ ।

पोखरेलमाथि महोत्तरीको खयरमारमा निर्मल लामा पोलिटेक्निल इन्स्टिच्यूट बनाउने भन्दै शहीद रामवक्ष यादवको शालिक भत्काएको आरोप छ । उनले भने यस आरोपबारे हालसम्म सफाई दिएका छैनन् ।

वि.सं.२०७८ पुस १५ बिहीवार १६:१७ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...