back
CTIZAN AD

चिसोबाट बच्न आगो ताप्दा यी उपाय अपनाउन मन्त्रालयको अपिल

वि.सं.२०७८ पुस १५ बिहीवार

801 

shares

काठमाडौं । देशैभरी बढिरहेको चिसोका कारण न्यानोको जोहो गर्ने क्रममा देशका विभिन्न क्षेत्रमा मानविय क्षति हुने गरेर अप्रिय घटना घटिरहेको भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशैभरी चिसो बढेको र शरीर तथा कोठा तातो बनाउनका लागि आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने क्रममा साबधानी नअपनाउँदा अप्रिय घटनाहरु घटेको भन्दै मन्त्रालयले सावधानी अपनाउन अपिल गरिएको छ ।

मन्त्रालयले हावा ओहोर–दोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न अनुरोध गरेको छ ।

यी साबधानी अपनाऔं
-कोइला जन्य स्रोतबाट सकेसम्म आगो नताप्ने

-आगो बाल्दा वा हिटर बाल्दा, कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्ने ।

-आगो तापिसकेपछि त्यसलाई पूर्णरुपमा निभाउने ।

-हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने ।

-सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने ।

-गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्ने ।

-गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौं ।

वि.सं.२०७८ पुस १५ बिहीवार १७:४० मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...