back
CTIZAN AD

माओवादी महाधिवेशनमा प्रतिनिधिहरुको माग : मन्त्रीको होइन पीएकै सम्पत्ति छानबिन गरौँ

वि.सं.२०७८ पुस १५ बिहीवार

762 

shares

काठमाडौं । माओवादी केन्द्रको आठौं महाविधेशनअन्तर्गतको बन्दसत्रमा पार्टी प्रतिनिधिहरुले नेताहरुको अस्वभाविक सम्पत्तिबारे प्रश्न उठाएका छन् । प्रतिनिधिहरुले नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

नेता लेखनाथ न्यौपानेले बन्दसत्रमा नेताहरुको सम्पत्ति छानबिनका लागि बेग्लै समिति बनाउन माग गरेका छन् । कारबाहीको अधिकारसहितको समिति बनाउन न्यौपानेको प्रस्ताव छ ।

न्यौपानेले मन्त्रीका पीएको मात्रै पनि छानबिन गर्न सके वास्तविक चित्र देखिने बताए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि फरक मत राख्दै न्यौपानेले भनेका छन्, ‘हाम्रोतर्फबाट मन्त्री भएकाको कुरा छाडौँ, मन्त्रीका अधिकांश पीएको मात्र सम्पत्ति छानबिन गर्ने हो भने बदनामीको डरलाग्दो चित्र देखापर्दछ । यसलाई पूराका पूरा सच्याइएन भने सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने कुरा काल्पनिक मात्र होइन, बदनामीको माध्यम हुनेछ ।’

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि फरक मत राख्दै न्यौपानेले भनेका छन्, ‘हाम्रोतर्फबाट मन्त्री भएकाको कुरा छाडौँ, मन्त्रीका अधिकांश पीएको मात्र सम्पत्ति छानबिन गर्ने हो भने बदनामीको डरलाग्दो चित्र देखापर्दछ । यसलाई पूराका पूरा सच्याइएन भने सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने कुरा काल्पनिक मात्र होइन, बदनामीको माध्यम हुनेछ ।’

नेता न्यौपानेले जस्तै अन्य प्रतिनिधिहरुले पनि नेताहरुको अस्वभाविक सम्पत्तिबारे प्रश्न उठाईरहेका छन् । प्रतिनिधिहरुले पार्टीभित्र नवधनाड्यको संख्या बढेको र जनतासँगको वर्गीय सम्बन्ध नै टुटेको बताएका छन् । प्रदेश २, गण्डकी र कर्णाली प्रदेशका प्रतिनिधिहरुले माओवादी माओवादीजस्तो नभएको र नेता र कार्यकर्ताको वर्गीय आधार नमिलेको बताएका थिए ।

विशेषतः नेतृत्व तहमा पुगेका र लाभका पदमा बसेका नेताहरुको सम्पत्ति छानबिन नभएसम्म पार्टीभित्र जनताको धारणा स्पष्ट नहुने प्रतिनिधिहरुको भनाइ छ । प्रतिनिधिहरुले निश्चित नेता मात्रै किन लाभको पदमा रु भनि प्रश्न पनि उठाएका थिए ।

वि.सं.२०७८ पुस १५ बिहीवार १७:१५ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...