back
CTIZAN AD

प्रचण्डको राजनीतिक प्रतिवेदन पारित, तर, फरकमतप्रति देखाइयाे मौनता

वि.सं.२०७८ पुस १६ शुक्रवार

852 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पारित गरेको छ । प्रतिवेदनमाथि उठेका प्रश्नमाथि अध्यक्ष प्रचण्डले जवाफ दिएसँगै बन्दसत्रले पारित गरेको हो ।

पुस ११ देखि सुरु भएको माओवादीको आठौं महाधिवेशनको बन्दसत्रमा १२ गते प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक राजनीतिक दस्तावेज पेश गरेका थिए । उक्त दस्तावेजमाथि विभिन्न २५ समूह गठन गरि छलफल चलाइएको थियो ।

२५ समूहका टोली नेताहरुले प्रतिवेदनमाथि प्रश्न तथा सुझाब राखेसँगै प्रचण्डले जवाफ दिएका थिए ।

प्रचण्डको प्रतिवेदनमा पारित भएपनि सो प्रतिवेदनमाथि नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक तथा फरक मतबारे प्रचण्डले मौनता जनाएका छन् । उनले उक्त फरक मतलाई समेट्ने विषयमा केही पनि बोलेनन् ।

वि.सं.२०७८ पुस १६ शुक्रवार १७:५४ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...