back
CTIZAN AD

सञ्चार माध्यमहरु समावेशी हुुनुपर्नेमा जोड

वि.सं.२०७८ पुस १६ शुक्रवार

699 

shares

काठमाडौं । सञ्चार क्षेत्रका विज्ञले सहभागिता र विषयवस्तुको हिसाबले आमसञ्चार माध्यम समावेशी हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित ‘आदिवासी जनजाति पत्रकारको अवस्था र समावेशीकरण’ विषयक अन्तरक्रियामा उनीहरुले आमसञ्चार माध्यम समावेशी हुनुपर्ने र यसमा सिमान्तकृत समुदायको न्यायोचित समावेशीकरण हुनुपर्ने आवश्यकता औंल्याए ।

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले महिला, आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम र पिछडिएको क्षेत्रले वैकल्पिक मिडिया सञ्चालन गर्नुका साथै मूलधारका मिडियामा आफ्नो सहभागिता बढाउँदै विषयवस्तु सम्प्रेषणका निम्ति पहल गर्नुपर्ने धारणा राखे । आदिवासी जनजाति समुदायले सञ्चालन गरेका मातृभाषाका आमसञ्चारका माध्यमलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो ।

भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले नेपालका विभिन्न जातजातिका भाषालाई जीवन्तता दिने गरी आयातितभन्दा पनि मौलिक पत्रकारितामा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपालका सरकारी र निजीस्तरबाट सञ्चालित आमसञ्चार माध्यमलाई नीतिगतरुपमै समावेशी बनाउनेतर्फ महासङ्घ केन्द्रित भइरहेको बताए । सञ्चारमाध्यमका समाचार कक्ष समावेशी भएमात्रै विषयवस्तुमा समावेशीता आउनसक्ने उल्लेख गर्दै उनले समाचार कक्षलाई नै समावेशी बनाउन महासङ्घको पहल हुने बताए ।

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले खासगरी सिमान्तकृत समुदायद्वारा सञ्चालित सञ्चारमाध्यमलाई टिकाइराख्नका लागि लोक कल्याणकारी विज्ञापनसँगै अन्य सेवा सुविधाको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

आदिवासी जनजाति पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले करिब ३७ प्रतिशत जनसङ्ख्या रहेको आदिवासी जनजातिको टेलिभिजनमा ६ प्रतिशत मात्रै प्रतिनिधित्व रहेको तथ्य प्रस्तुत गरे ।

राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक राजु शाक्यले आदिवासी जनजातिलागायत सिमान्तकृत समुदायको सहभागिताका लागि मात्रै भन्दा पनि नेतृत्व तहमै सहभागिता हुनुपर्ने उनको भनाइ छ ।
रासस

वि.सं.२०७८ पुस १६ शुक्रवार १७:१४ मा प्रकाशित

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गरेर...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...