back
CTIZAN AD

माओवादी केन्द्रको नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु, मतदाता नामावली सार्वजनिक

वि.सं.२०७८ पुस १७ शनिवार

807 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

माओवादी केन्द्रको गत आइतवारदेखि सुरु भएको आठौं महाधिबेशन अन्तर्गत जारी बन्दसत्र शनिवार विधान मस्यौदा पारित गर्दै सम्पन्न भएपछि अब निर्वाचन प्रक्रिया सुरु भएको हो ।

निर्वाचनका लागि महाधिबेशनमा सहभागी १७४२ जना महाधिबेशन प्रतिनिधिहरुको नामावली सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ ।

शनिवार दिउँसो जारी बन्दसत्रलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकेसम्म सहमतिमै नयाँ नेतृत्व चयन गर्ने र नभए निर्वाचन प्रक्रियामा जाने बताएका थिए ।

माओवादी केन्द्रको गत आइतवारदेखि जारी आठौं महाधिबेशन अन्तर्गत सोमबार देखि सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन शुक्रवारै पारित गरिएको छ भने स्थायी कमिटी सदस्य देव गुरुङले प्रस्ताव गरेको विधान मस्यौदा परिमार्जनसहित पारित शनिवारको बन्दसत्रमा पारित भएको छ ।
नेकपा माओवादी केन्द्रले पार्टीको नयाँ नेतृत्वका लागि १५ पदाधिकारीसहित १९९ केन्द्रीय समिति चयन गर्नेछ ।

माओवादी केन्द्रको १५ पदाधिकारीमा अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहनेछन् ।

वि.सं.२०७८ पुस १७ शनिवार १७:१३ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...