back
CTIZAN AD

यी हुन् कांग्रेस सभापति देउवाले मनोनित गरेका पौडेलसहित १० केन्द्रीय सदस्य

वि.सं.२०७८ पुस १७ शनिवार

753 

shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

सभापति देउवाले नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशसरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीन बहादुर विश्वकर्मालाई कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित गरेको कांग्रेस सचिवालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

मनोनित भएका नेता पौडेल, सिटौला, खड्का, रेग्मी र विश्वकर्माले कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् भने सिंह र निधि सभापतिका उम्मेदवार रहेका थिए । उनीहरुले दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गरेका थिए भने गच्छदार र कोइराला उपसभापतिमा पराजित भएका थिए ।

नेपाली कांग्रेसको विधान अनुसार निर्वाचित केन्द्रीय सभापतिले केन्द्रीय समितिमा ३३ जना सदस्य मनोनित गर्ने प्रावधान अनुसार देउवाले आज १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

May be an image of text that says 'नेपाली कांग्रेस केन्द्रीय कंर्यालय बी.पी. स्मृति भवन, ललितपुर, नेपाल वाती काय्े Fा्रि पुस १७, २०७६ प्रेसविज्ञप्ति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (1੦) बमोजिम श्री रामचन्द्र पौडेल, श्री प्रकाशमान सिंह, श्री विमलेन्द्र निधि, श्री विजयकमार गच्छदार, श्री कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड़का, श्री उमा रेस्मी, श्री सुजाता कोइराला श्री विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन मिाल भएको छ। পনรๆ कृष्णप्रसाद पौडेल मुख्य सचिव टैलिफोन: (९७७-૧) ५९६३२६३ ૫૧૬३૨६૪/ ५੧९३२६५, फृयाक्स (९७७-१) ૧૬३૨६६ E-mail: info@nepalicongress.org, Internet Access: www.nepalicongress.org'

वि.सं.२०७८ पुस १७ शनिवार २०:२९ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...