back
CTIZAN AD

माओवादी केन्द्रमा कर्णालीबाट २९ केन्द्रीय सदस्य, सबैभन्दा बढी जाजरकोट, मुगु भने शून्य (नामावलीसहित)

वि.सं.२०७८ पुस १९ सोमवार

618 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिबेशन २३६ केन्द्रीय सदस्यको नामावली सार्वजनिक गर्दै आइतवार सम्पन्न भएको छ ।

पुष ११ गतेदेखि सुरुभएको आठौं महाधिवेशनको पुष १८ गतेको बन्दसत्रले माओवादी केन्द्रको आगामी नेतृत्वका लागि खुला तथा दलित, थारु, आदिवासी, जनजाति, मधेसी र मुस्लिम लगायतका कलस्टरबाट २३६ केन्द्रीय सदस्य चयन गरेको हो ।

उक्त केन्द्रीय समितिमा कर्णाली प्रदेशबाट २९ जना सदस्य चुनिएका छन् । जसमा सबैभन्दा बढी जाजरकोटबाट ७ जना रहेका छन् भने सोहि प्रदेशको मुगु जिल्लाबाट प्रतिनिधि गर्नेको संख्या भने शून्य रहेको छ भने डोल्पाबाट १ जना चयन भएका छन् ।

यस्तो छ कर्णाली प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्नेको नामावली
आइतवारको बन्दसत्रमा पेश गरिएका नामावली अनुसार प्रदेशको जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्य पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक, सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली र हरिमाया शर्मा रहेका छन् ।

त्यस्तै, रुकुमपश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन, जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर, कालीकोटबाट महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक र यशोदा न्यौपाने, सल्यानबाट टेकबहादुर बस्नेत र टीका बुढाथोकी र हुम्लाबाट छक्कबहादुर लामा र विजय भण्डारी सर्वसम्मत चयन भएको केन्द्रीय सदस्य नरेश भण्डारीले जानकारी दिएका छन् ।
त्यस्तै डोल्पामा एकजना काली चलाउने केन्द्रीय सदस्यमा चयन भएका छन् भने मुगुबाट नेता मङ्गल शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिने भण्डारीले जानकारी दिएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले आज पदाधिकारी चयन गर्ने

वि.सं.२०७८ पुस १९ सोमवार १०:२५ मा प्रकाशित

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...