back
CTIZAN AD

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले आज पदाधिकारी चयन गर्ने

वि.सं.२०७८ पुस १९ सोमवार

765 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिबेशन २३६ केन्द्रीय सदस्यको नामावली सार्वजनिक गर्दै आइतवार सम्पन्न भएको छ ।

पुष ११ गतेदेखि सुरु भएको आठौं महाधिवेशनको पुष १८ गतेको बन्दसत्रले माओवादी केन्द्रको आगामी नेतृत्वका लागि खुला तथा दलित, थारु, आदिवासी, जनजाति, मधेसी र मुस्लिम लगायतका कलस्टरबाट २३६ केन्द्रीय सदस्य चयन गरेको हो ।

यी केन्द्रीय सदस्यको नामावली आइतवारको बन्दसत्रमा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पढेर सुनाएपछि हलले त्यसलाई अनुमोदन गरेको थियो ।

पदाधिकारीको टुंगो सोमबार बेलुकासम्म
आइतवारको बन्दसत्रबाट मनुमोदित भएका २३६ केन्द्रीय सदस्यको बैठकले आज माओवादीका १५ केन्द्रीय पदाधिकारीको चयन गर्ने भएको छ ।

पार्टीका नेता कृष्ण बहाद्र महराका अनुसार आज दिउँसो सानेपा हाइटस्थित हेरिटेज प्लाजामा सोमबार दिउँसो ३ बजे बस्ने केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीको चयन गर्ने भएको हो ।

माओवादी केन्द्रको विधान अनुसार अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष गरी १५ पदाधिकारी रहनेछन् ।

स्रोतका अनुसार केन्द्रीय सदस्य जस्तै पदाधिकारीको नाम पनि अध्यक्ष प्रचण्डले नै प्रस्ताव गर्ने सम्भावना रहेको छ । यदि त्यसो नभएमा निर्वाचन प्रक्रिया अपनाइनेछ ।

२३६ केन्द्रीय सदस्यको नाम पढ्दै माओवादीको आठौ महाधिवेशन सम्पन्न

वि.सं.२०७८ पुस १९ सोमवार १०:०४ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...