back
CTIZAN AD

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

वि.सं.२०७८ पुस १९ सोमवार

627 

shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सानेपास्थित मुख्यालयमा बस्दैछ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेललेका अनुसार १४ औं महाधिवेशन सम्पन्न भएपछिको केन्द्रीय समितिको यो बैठक दोस्रो हो । बैठक दिउसो २ बजे बस्ने भएको हो ।

बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन, समसामयिक राजनीतिक, केन्द्रीय सदस्य मनोनित लगायतका विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रियसभाका लागि उम्मेदवार तय गर्न संसदीय बोर्ड समेत बनाइसकेको नेपाली कांग्रेसले उम्मेदवार तय भने गरिसकेको छैन । साथै सत्तारुढ गठबन्धनका दलले पनि गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाएर जाने विषयमा छलफल गरिरहेका छन् ।

सोहि विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सोवार बिहान गठबन्धन दलका शिर्ष नेतृत्वको बैठक बस्ने भएको हो ।

यहि फागुनदेखि एमालेका ८, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, कांग्रेसबाट ३ र मनोनीत एकजना गरी २० सांसदको कार्यकाल सकिने भएको छ । २० मध्ये १९ सिटका लागि ७ वटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन हुनेछ भने १ मनोनित हुनेछन् ।

वि.सं.२०७८ पुस १९ सोमवार ०९:३८ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...