back
CTIZAN AD

यी हुन् फागुन २० मा पदावधि सकिँदै गरेका २० सांसद (सूचीसहित)

वि.सं.२०७८ पुस १९ सोमवार

672 

shares

काठमाडाैं । राष्ट्रियसभाका २० सदस्यकाे पदावधि आगामी फागुन २० गते सकिँदैछ । राष्ट्रपतिबाट मनोनित १ सहित २० सांसदकाे पदावधि सकिन लागेकाे हाे ।

२०७५ असार ४ गते भएको गोलाप्रथामा उनीहरुको ४ वर्षे कार्यकाल कायम भएको थियो।

फागुन २० गतेपछि एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना (राष्ट्रपतिबाट मनोनित रामनारायण बिडारीसहित), नेकपा एकीकृत समाजवादीका ४ जना र कांग्रेसका ३ जनाको पदावधि सकिने छ। गत जेठ १७ गते भएको उपनिर्वाचनबाट राष्ट्रिय सभा सदस्य भएका कांग्रेसका दृगनारायण पाण्डेय पनि पदमुक्त हुनेछन्। उनी गोलाप्रथाबाट चार वर्षे पदावधि निर्धारण गरेका चन्द्रबहादुर खड्काको स्थानमा आएकाले सोही अनुसार उनको पदावधि निर्धारण भएको हो।

जसमध्ये १९ पदको लागि आगामी माघ १२ मा निर्वाचन हुनेछ भने १ पदमा राष्ट्रपतिबाट मनोनित हुनेछ।

यी हुन् पदावधि सकिँदै गरेका सांसद

प्रदेश १
अगमप्रसाद वान्तवा राई / एमाले
नैनकला ओझा / एमाले / अन्य
परशुराम मेघी गुरुङ / एमाले / अन्य

प्रदेश २
सुमनराज प्याकुरेल/ एमाले/ अन्य
शशिकला दाहाल / माओवादी केन्द्र/ महिला

बागमती
राधेश्याम अधिकारी / कांग्रेस/ अन्य
उदया शर्मा पौडेल / एकीकृत समाजवादी/ महिला

गण्डकी प्रदेश
दीनानाथ शर्मा / माओवादी केन्द्र/ अन्य
खिमकुमार विक/ माओवादी केन्द्र/ दलित
शान्तिकुमारी अधिकारी जिसी / एकीकृत समाजवादी/ महिला

लुम्बिनी प्रदेश
कोमल वली / एमाले / महिला
रामलखन चमार / एमाले / दलित
दृगनारायण पाण्डे / कांग्रेस/ अन्य

कर्णाली प्रदेश
कविता बोगटी / एमाले / महिला
जीवन बुढा / माओवादी केन्द्र/ अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय
ठगेन्द्रप्रकाश पुरी / एकीकृत समाजवादी/ अन्य

 

सुदूरपश्चिम प्रदेश
चक्रप्रसाद स्नेही / एमाले / दलित
तारादेवी भट्ट / कांग्रेस/ महिला
शेरबहादुर कुँवर / एकीकृत समाजवादी/ अन्य

राष्ट्रपतिबाट मनोनित
रामनारायण बिडारी

वि.सं.२०७८ पुस १९ सोमवार १६:०४ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...