back
CTIZAN AD

हिमाली क्षेत्रको विकास निमार्णमा मौसम बाधक

वि.सं.२०७८ पुस १९ सोमवार

615 

shares

मनाङ । धेरै स्थानमा गर्मी मौसममा विकास निर्माणका काम गरिन्छ । कुनै स्थानमा गर्मी लाग्ने अवस्थामा केही विकासका काम गरिन्छन् । हिमाली जिल्ला मनाङमा न गर्मीमा न हिउँदमा विकास निर्माणका काममा कठिनाई हुने गरेको छ । जाडो मौसममा यहाँको विकास निर्माण पूर्ण रुपमा प्रभावित भइरहेको छ ।

यसपटक गर्मीमा मौसम परिवर्तनका कारण बाढीपहिराले समस्या निम्त्याइरह्यो । हिउँद लाग्नासाथ मौसम बद्लीएर हिमपात सुरु भयो । हिमपातसँगै निर्माण कार्य प्रभावित भयो ।

प्रकृतिनै बाधक बन्दा यहाँको विकासमा बाधा पुगेको छ । बाढीपहिरा खस्न छाडेपछि केही विकासका काम थालिएपनि त्यसले निरन्तरता पाउन नसकेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । “यहाँको विकास गर्न प्रकृतिनै बाधक बनेको छ । दुवै मौसममा निर्माण कार्य गर्न सकिदैन । केही समय काम गर्न सुरुआत मात्रै गर्ने र पूरा गर्न नपाउँदै अर्को मौसम सुरु हुन्छ जसले निर्माणको काम गर्न सक्ने अवस्था हुँदैन,” उनले भने । मनाङको प्रवेशद्वार नासों गाउँपालिकाको धारापानीसम्म मात्रै सवारी आवतजावत हुने गरेको आचार्य बताउछन् ।

हिउँदमा विकास निर्माण गर्नुपर्ने भएपनि त्यसो गर्न नसकिएको उनको भनाइ छ । गर्मीमा बाढीपहिराले सामग्री ढुवानी हुन नसक्दा निर्माण कार्य हुन नसकेको र हिउँदमा हिमपातले उनी उहाँ भन्छन् , “हिउँद सुरु भएसँगै हिमपातले सवारीसाधन आवतजावत रोकियो । विकास निर्माणका काम रोकिए । विकास निर्माणमा आवश्यक सामग्री ल्याउन नसकिने र ल्याएर राखिएका सामग्री हिमपातले जमेर काम नलाग्ने भएका छन् । विकास निर्माणले कहिले गति लिने यस्ता अवस्थामा ?”

गर्मीमा बाढीले भत्किएको पुल मर्मत गर्न थालिएपनि अझै पुरा भएको छैन । पुल निर्माणार्थ आवश्यक पर्ने सामग्री ढुवानी गर्न नसक्दा अहिलेसम्म पुल मर्मतको काम अलपत्र छ । बाढीले भत्किएका सामुदायिक एवं व्यक्तिगत आवास निर्माण गर्न सकिएको छैन । हिमपातले सामग्री मनाङसम्म ल्याउन मुस्किल पर्ने हुँदा अलपत्र परेको प्रजिअ आचार्य बताउछन् ।

माथिल्लो मनाङ, नार्पाभूमि गाउँपालिकाको नार, फु गाउँलगायत सदरमुकाम चामेसम्म सवारीसाधन आउन चल्न सकेको छैन । “हिउँदमा हिमपातले गर्दा करिब तीन महिनासम्म सवारी आवतजावत हुँदैन । हिमपातले पुरिएको स्थानमा हिउँ फालेर मात्रै बाटो पहिल्याउन सकिन्छ । यस्तो अवस्थामा विकास निर्माणको काम गर्न सक्ने अवस्था छैन”, उनले भने । विगतको तुलनामा यस वर्ष मनाङमा बाढीपहिराले भौतिक संरचनामा क्षति धेरै पु¥याएको छ । बाढीपहिराले क्षति पु¥याएका भौतिक संरचना निर्माणको काम अलपत्र नै छ । दुवै मौसममा निर्माणको काम गर्न नसक्दा अहिलेसम्म मनाङका धेरै भागसम्म सडकको व्यवस्थापन राम्रो बनाउन सकिएको छैन ।

वि.सं.२०७८ पुस १९ सोमवार १६:१२ मा प्रकाशित

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...