काठमाडौं । नेपालमा आज ३२६ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ४९८ नमुना परीक्षणमा ३२६ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ३२६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख २५ हजार ५५७ पुगेको छ भने आज निको भएका २५५ जनासँगै हालसम्म ८ लाख १२ हजार ६७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
नेपालमा आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । आज थपिएका २ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ११ हजार ५९८ पुगेको छ ।
त्यस्तै नेपालमा हाल ५ हजार ५ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४,७५३ जना होम आइसोलेशनमा र संस्थागत आइसोलेशनमा २५२ जना रहेका छन् । साथै हाल आइसीयुमा ८९ र भेन्टिलेटरमा २१ जनाको उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ लाख ४४ हजार ४४ जनाले कोरोना भाइसरविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म २ करोड ४९ लाख ५८ हजार ४८० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।
ती मध्ये १ करोड ४३ लाख ६० हजार ६८३ जनाले पहिलो मात्रा र १ करोड ५ लाख ९७ हजार ७९७ जनाले दोस्रो मात्राको खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
वि.सं.२०७८ पुस १९ सोमवार १६:३० मा प्रकाशित




























