काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
माओवादी केन्द्रको आइतवार सम्पन्न आठौ महाधिबेशनद्धारा चयन भएका केन्द्रीय समितिका सदस्यहरुले सोमबार ललितपुरको हेरिटेज गार्डेनमा आयोजित केन्द्रीय समितिको बैठकमा सपथ लिएका हुन् ।
सपथ लगत्तै बस्ने केन्द्रीय समितिको बैठकले पार्टीको पदाधिकारी चयन गर्ने बताइएको छ ।
निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले सपथ खुवाएका थिए ।



वि.सं.२०७८ पुस १९ सोमवार १६:४४ मा प्रकाशित




























