back
CTIZAN AD

माघ २ गतेबाट अनलाइनबाटै श्रम स्वीकृति, यी हुन् आवस्यक पर्ने कागजात

वि.सं.२०७८ पुस २० मंगलवार

717 

shares

काठमाडौं । बैदेशिक रोजगारीमा जाने र विदामा आएर फर्किएका युवाहरुले आगामी माघ २ गतेबाट अनलाइनबाटै श्रम स्वीकृति लिन पाउने भएका छन् ।

बैदेशिक रोजगारीमा जाने नेपालीलाई सहज बनाउनका सरकारले आगामी माघ २ गतेदेखि अनलाइनबाटै श्रमस्वीकृति लिन मिल्ने व्यवस्था गर्न लागेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारयण अर्यालका अनुसार सेवाग्राहीको चहना र अपेक्षा अनुरुप वर्तमान सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाई सरकारले यस्तो सेवा प्रदान गर्न लागेको पनि मंगलवारको राजधानी दैनिकमा समाचार छ ।

बैदेशिक रोजगार सम्बन्धी हरेक काम काबाहीलाई थप सहज, छिटो र पारदर्शी तथा झन्झटरहित हुने अर्यालको दावी रहेको छ । यो नयाँ थालनीले बैदेशिक रोजगारीमा जाने नेपाली लाभान्वित हुने पनि उनको भनाईछ ।

के के चाहिन्छ त आवस्यक कागजात ?
मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने व्यक्तिको पासपोर्ट साइजको फोटोको स्क्यान कपी, राहदानीको पेज २,३ र ३१ को स्क्यान कपी, सम्बन्धीत देशबाट आएको भिसाको स्क्यान कपी, पुरानो भिसा भए सो राहदानी र हालको दुवैको स्क्यान कपी, अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिर्पाचर र अराइभल स्ट्याम्प भएको राहदानीको पानाका स्क्यान कपी, यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक रोजगारदाताकोमा काम गर्न जाने कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको जव अफर लेटर वा सम्झौतापत्र स्क्यान कपी चाहिनेछ ।

 

वि.सं.२०७८ पुस २० मंगलवार ०८:४४ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...