back
CTIZAN AD

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

वि.सं.२०७८ पुस २० मंगलवार

696 

shares

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

यहि माघ १२ गते राष्ट्रियसभाको १९ सदस्यका लागि हुने निर्वाचनका लागि आज विभिन्न दलले आ–आफ्नो उम्मेदवारी दर्ता गराउने भएका हुन् ।

आज बिहान १० देखि .दिउँसो ३ बजेसम्म उम्मेदवारहरुले सम्बन्धीत प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गराउन सक्नेछन् ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुरधाम, बागमती प्रदेशको हेटौडा, गण्डकीको पोखरा,लुम्बिनीको घोराही, कर्णालीको वीरेन्द्रनगर र सुुदुरपश्चिमको धनगढीमा रहेको निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर उम्मेदवारहरुले मनोनयन दर्ता गराउन सक्नेछन् ।

निर्वाचनका लागि १२ वटा दल आयोगमा दर्ता भएका छन् । निर्वाचन आयोगले रिक्त १९ पदका लागि आगामी माघ १२ मा निर्वाचन गर्दैछ । निर्वाचनबाट महिला ७, दलित ३, अपाङ्गता भएका २ र अन्य ७ जना गरी १९ जना निर्वाचित हुनेछन् ।

मुख्य प्रतिस्प्रर्धा सत्तारुढ गठबन्धन र प्रतिपक्ष एमालेवीच
यहि माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरु र प्रमुख प्रतिपक्षी एमालेबिच मुख्य प्रतिस्प्रर्धा हुने भएको छ ।

सोमबार बसेको सत्तारुढ सत्तारुढ गठबन्धनको बैठकले १९ सिटमा भागवण्डा टुंगो लगाएका छन् । गठबन्धनले राष्ट्रियसभामा जुन पार्टीको खाली भएको हो त्यही सिटमा उसैको उम्मेदवार उठ्ने सहमति गरेको बताइएको छ ।

जसमा एमालेको तर्फबाट रिक्त ८ सिटमा भने सहमतिमा भागवण्डा टुंगो लगाइएको छ । आठ सिटमा कांग्रेसले तीन, जसपाले २ र माओवादी र नेकपा (एस)ले एक÷एक सिट लिने सहमति बनेको छ ।

यी हुन् फागुन २० मा पदावधि सकिँदै गरेका २० सांसद (सूचीसहित)

वि.सं.२०७८ पुस २० मंगलवार ०९:२१ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...