back
CTIZAN AD

कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग

वि.सं.२०७८ पुस २० मंगलवार

612 

shares

मनाङ । कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई मनाङ ङिस्याङ गाउँपालिकाले राहत सहयोग गरेको छ । सङ्क्रमणले गर्दा ज्यान गुमाएका परिवारलाई राहत पु¥याउने उद्देश्यले गाउँपालिकाले सहयोग गरेको सो गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । उनका अनुसार पालिकावासीलाई समाजमा सहज बनाउन राहत प्रदान गरिएको हो ।

प्रतिव्यक्ति रु एक लाखका दरले राहत प्रदान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीनारायण यादवले जानकारी दिए । सहयोगले सङ्क्रमणबाट ज्यान गुमाएकाको परिवारलाई थोरै भए पनि राहत मिल्ने उनले बताए ।

हालसम्म जिल्लाभरमा सङ्क्रमितको २२३ सङ्ख्या पुगेकोमा चारजनाले ज्यान गुमाएका थिए । दुईजना अन्य जिल्लाका भएकाले राहत उपलब्ध गराउन नसकिएको र जिल्ला एवं गाउँपालिकाभित्रका सङ्क्रमणका कारण ज्यान गुमाएको परिवारलाई राहत व्यवस्थापन गरिएको यादवले बताए ।

जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । सरकारद्वारा लक्षित बालबालिकालाई समेत खोप लगाइएको आचार्यले बताए । उनका अनुसार हालसम्म जिल्लाको तल्लो भागका १७५ बालबालिकालाई खोप लगाइसकिएको छ । नासों गाउँपालिका र चामे गाउँपालिकाका १२ देखि १८ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइएको उनले जानकारी दिए ।

त्यस्तै, हिमपातका कारण विद्यालयहरु बन्द हुँदा माथिल्लो मनाङका लक्षित बालबालिकालाई खोप लगाउन नसकिएको उनी बताउछन् । ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका बालबालिकालाई खोप लगाउन नसकिएको उनले बताए । “माथिल्लो मनाङ र नार्पाभूमिका बालबालिका जाडो छल्न काठमाडौँ, पोखरा, नारायणगढ, तनहुँ, लमजुङतर्फ गइसकेकाले खोप लगाउन सकिएको छैन । जिल्लामा नै रहेका बालबालिकालाई भने खोप लगाइसकिएको छ । जिल्लामा आउनासाथ बाँकी बालबालिकालाई पनि खोप लगाउछौँ,” आचार्यले भने, “उनीहरुका लागि आवश्यक खोप जिल्लामा आइसकेको छ ।”

फागुनको दोस्रो एवं तेस्रो साता बालबालिकाहरु अभिभावकसँगै जिल्ला फर्किन्छन् । पहाडतर्फ लागेका बालबालिकाले खोप लगाइसकेको खण्डमा जिल्लामा आएको खोप फिर्ता पठाइने उनले बताए । जिल्लामा आउँदासम्म खोप नलगाएको भए उनीहरुलाई खोप लगाउन स्वास्थ्यकर्मीलाई तालिम दिएर तयारी अवस्थामा राखिएको उनले बताए ।

वि.सं.२०७८ पुस २० मंगलवार १५:४८ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...