back
CTIZAN AD

पर्यटन मन्त्रालयको निर्देशनमा नारायणहिटीमा रेष्टुरेण्ट बनाउन रोक

वि.सं.२०७८ पुस २० मंगलवार

795 

shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेण्ट बनाउने कार्य तत्कालका लागि रोक्न निर्देशन दिएको छ ।

संग्रहालय र गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन बिकास समिति र बतास अर्गनाइजेशन अन्तर्गतको बि म्यानेजमेन्ट प्रा.लि सँग सम्झौता भइ अगाडि बढेको निर्माण कार्य तत्कालका लागि रोक लगाउन भन्दै सूचना जारी गरिएको छ ।

.निर्माण कार्यका सम्बन्धमा सन्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद श्रृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न जानकारी गराइन्छ ।’ समितिका निर्देशक भेषनारायण दाहालद्धारा मंगलवार जारी सूचनामा जनाइएको छ ।

उक्त बि म्यानेजमेन्ट प्रा.लिले संग्रहालयभित्रको १० रोपनी जग्गामा रेष्टुरेण्ट संचालनका लागि मासिक अढाइ लाख रुपैयाँ (प्रतिरोपनी ५० हजारका दरले) भाडा दिनेगरी सम्झौता भएको भन्ने समाचार विभिन्न संचारमाध्यममा आएपछि मन्त्रालयले उक्त कार्य तत्कालका लागि रोक्न निर्देशन दिएको हो ।

उक्त कम्पनीले जग्गा भाडामा लिएपछि भवनको सिर्गार्ने, नयाँ भवनमा सटर राख्ने लगायका नयाँ भौतिक संरचना निर्माण कार्य संचालन गरिरहेको थियो ।
स्रोतका अनुसार समाचार बाहिरीएपछि मन्त्री प्रेम आलेले नै त्यसप्रति चासो देखाउँदै उक्त कार्य तत्काल निर्माण कार्य रोक्न लगाउन निर्देशन दिएका थिए ।

वि.सं.२०७८ पुस २० मंगलवार १७:४१ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...