back
CTIZAN AD

आईएमएस सफ्टवेयर र फोकस वान पेमेन्टबीच सम्झौता

वि.सं.२०७८ पुस २० मंगलवार

660 

shares

काठमाडौ । आईएमएस सफ्टवेयर र फोकस वान पेमेन्ट सोलुसनबीच सम्झौता भएको छ ।

दुबै संस्थाहरु मोको डिजिटल वालेटलाई आईएमएसले निर्माण गरेको उपभोक्ता सफ्टवेयरसँग एकीकृत गर्न सम्झौतामार्फत् सहमत भएका हुन् । प्रयोगकर्ताहरुले आईएमएस सफ्टवेयरबाट उत्पन्न गरिने डाइनामिक क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।आईएमएस सफ्टवेयरले सातवटा डिजिटल भुक्तानी प्लाटफर्महरु सफलतापुर्वक एकीकृत गरिसकेको बताइएको छ ।

सम्झौतामा आईएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र फोकस वान पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् । आईएमएस सफ्टवेयर स्थानीय तथा अन्तर्राष्ट्रिय बजारको मागअनुसार सफ्टवेयर निर्माणमा क्रियाशिल भएको कम्पनीले जनाएको छ । फोकस वान भने डिजिटल वालेट मोको संचालन गर्ने भुक्तानी सेवा प्रदायक हो । जसले अलि पे, नेपाल क्लियरिङ हाउस लिमिटेड, युनियन पे इन्टरनेशनल र भिसा जस्ता भुक्तानी सेवा प्रदायकहरूको लागि एग्रीगेटरको रूपमा क्यूआर कोडमा आधारित भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

आईएमएस सफ्टवेयर र मोको डिजिटल वालेटबीचको सहकार्यले कार्डलेस कारोबारलाई प्रबर्द्धन गर्दै डिजिटल नेपाल निर्माणमा एक कदम थपिएको प्रतिक्रिया आईएमएस सफ्टवेयरले दिएको छ ।

वि.सं.२०७८ पुस २० मंगलवार १९:५० मा प्रकाशित

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...