back
CTIZAN AD

उद्योगीले उखु किसानको बक्यौता तिरेनन्, सरकार भन्छ- भुक्तानी दिने क्रम अघि बढेको छ

वि.सं.२०७८ पुस २० मंगलवार

588 

shares

काठमाडौं । वर्षेनी उखु काट्ने समयमा उखु किसानले विगतदेखि उद्योगीसँग भुक्तानी लिन बाँकी रहेको बक्यौता र न्यूनतम समर्थन मुल्य तोक्ने विषय आन्दोलनकै स्तरमा उठ्ने गरेको छ ।

संसदिय समितिले उद्योगीले किसानलाई बुझाउन बाँकी रहेको बक्यौता भुक्तानीको व्यवस्था मिलाउन वर्षेनी रुपमा सरकारलाइ निर्देशन दिने गरेको छ । तर सरकारले उखु किसानको समस्यालाई सहि ढंगले सम्बोधन गर्न भने सकेको छैन् । उद्योग मन्त्रालयले नै राखेको तथ्यांकअनुसार उद्योगीहरुमार्फत किसानहरुले बक्यौता भुक्तानी पाउन अझै ८ करोड ७० लाख बाँकी रहेको छ । गत आर्थिक वर्षमा उखु किसानहरुले विभिन्न दबाबमुलक आन्दोलन गरेपछि झण्डै सबा अर्ब बाँकी रहेको भुक्तानी पाएका थिए ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको पुस २० गते मंगलबारको बैठकमा उखु किसानले उद्योगहरुमार्फत पाउन बाँकी रहेको बक्यौता र उखुको समर्थन मुल्य तोक्नेबारेमा छलफल भयो ।

छलफलमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले सरकारको निर्देशनपछि उद्योगीहरुले किसानलाई बक्यौता दिने क्रम बढेको बताए र अघिल्लो वर्षको तुलनामा यस वर्ष किसानहरुले बढी भुक्तानी प्राप्त गरेको बताएका थिए । बक्यौता भुक्तानीको सन्दर्भमा उठेका सवालहरुको जवाफ दिंदै सचिव भट्टराईले भुक्तानी सहजिकरण गर्नको लागि अर्थ, भुमिसुधार र गृहमन्त्रालयमा मन्त्रालयको तर्फबाट समन्वय गरेर काम गरिरहेको बताएका थिए ।

मन्त्रालयले वर्षेनी कार्यदल बनाउने, तर किसानहरुले राहत नपाउने बताउँदै संसद चापागाईंले संविधानले परिकल्पना गरेको समाजवाद यहि हो भन्दै प्रश्न गरेकी थिइन् ।

गृहमन्त्रालयमार्फत स्थानीय प्रशासनलाई बक्यौता भुक्तानीको लागि निर्देशन दिने काम भएको उनको भनाई थियो ।

अहिले नेपालमा वार्षिक रुपमा २ लाख ५० हजार मेट्रिक टन चिनीको माग हुने गरेको छ । जसमध्ये १ लाख ७० हजार मेट्रिक टन चिनी स्वदेशी उत्पादनले नै पुर्ती गर्ने गरेको उद्योग मन्त्रालयको तथ्यांकले देखाएको छ । मन्त्रालयको तथ्यांकअनुसार नै उखु किसानहरुले उखु उत्पादनबाट झण्डै १० अर्ब बराबरको व्यापार घाटालाई कम गर्न भूूमिका निर्वाह गरेको देखिन्छ । तर उखु किसान र उखु उद्योगको विकास र संरक्षणको क्षेत्रमा राज्यको सहि र स्थिर नीति नहुँदा उखु किसान र उत्पादन र उद्योगको संख्यामा कटौती हुँदै गएको छ ।

सार्वजनिक लेखा समितिमा भएको छलफलमा अर्थमन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्करले किसानको बक्यौता मिलाउन मन्त्रालयले पहल गरिरहेको बताएका थिए । साथै सचिव पुस्करले उद्योगीहरुलाई पनि राहत दिन सरकारले विभिन्न योजना अगाडि सारेको भन्दै किसानको बक्यौता भुक्तानी हुनुपर्ने धारणा राखेका थिए । उनका अनुसार सरकारले अहिले उखु किसानहरुलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।

पुसको तेस्रो साता बित्न लाग्दा पनि सरकारले उखुको न्यूनतम समर्थन मुल्य तोकेको छैन् । जसकारणले किसानहरुले मुल्य निर्धारण बिना नै उद्योगीहरुलाई उखु बेच्नुपर्ने अवस्थाको सिर्जना भएको छ । हिउँद मौसमसंगै खेतहरु सुख्खा हुन थालेपछि समयमा उखु बेच्न नपाएमा खेतमा नै उखु सुक्ने डर किसानहरुमा पैदा भएको छ । उखुको समर्थन मुल्य तोक्न ढिलाई गरेको सम्बन्धमा समितिमा बोल्दै कृषि विकास सचिव गोविन्दप्रसाद शर्माले यो वर्षको उखुको मुल्य निर्धारणका लागि अब छिट्टै नै मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताए । सो सम्बन्धमा उद्योगीहरुसंग छलफल अगाडि बढाइएको सचिव शर्माले बताएका थिए ।

संसदीय समितिले पटक पटक बक्यौता भुक्तानीका लागि निर्देशन दिने तर कार्यान्वयन नहुनु दुःखद रहेको संसद धर्मशिला चापागाईंले बताएकी थिइन् ।

मन्त्रालयले वर्षेनी कार्यदल बनाउने, तर किसानहरुले राहत नपाउने बताउँदै संसद चापागाईंले संविधानले परिकल्पना गरेको समाजवाद यहि हो भन्दै प्रश्न गरेकी थिइन् । समितिका सदस्यहरुले सरकार जिम्मेवार भएर किसानको समस्यालाई दिर्घकालिन ढंगले समाधानतर्फ लाग्नुपर्ने बताएका थिए ।

हालसम्म हिमालय सुगर मिल, श्रीराम सुगर मिल, लुम्बिनी सुगर मिल, अन्नपूर्ण सुगर मिल र इन्दिरा सुगर मिलले किसानलाई भुक्तानी दिन बाँकी रहेको छ । उखु किसानलाई भुक्तानी नदिने उद्योगीमाथि सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको जनाउँदै आएको छ । सरकारले किसानलाई भुक्तानी नदिने उद्योगीको चलअचल सम्पत्ति रोक्कालगायतका कारबाही गरिरहेको बताएको छ ।

 

वि.सं.२०७८ पुस २० मंगलवार २१:१० मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...