back
CTIZAN AD

ओली भन्छन् – गुरुत्वाकर्षणको सिद्धान्त न्यूटन होइन भाष्करले पहिला पत्ता लगाएका थिए

वि.सं.२०७८ पुस २१ बुधवार

672 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त न्यूनटले भन्दा हजारौं वर्ष अगाडि भाष्कर आचार्यले पत्ता लगाएको बताएका छन् । उनले न्यूनटको चर्चा भएपनि भाष्करको चर्चा हुन नसकेको बताए ।

“इतिहास के भयो भने ग्यालिलियोले यसो गरे । न्युटनले ग्र्याभिटेसनको थ्यौरी पत्ता लगाए । भाष्कर आचार्यको कुरै छैन । यी विद्वान्‌हरूको त कुरै छैन”, संस्कृति बचाऊ अभियन्ताहरूसँग बुधबार आफ्नै निवास बालकोटमा कुराकानी गर्दै ओलीले भने, “फस्ट फिलोसफर को थिए भन्दाखेरी शुकरात । शुकरातभन्दा हजारौँ वर्षअगाडि अष्टवक्रजस्ता फिलोसफरहरूको कुरै छैन ।

उनले सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्यताको विकास गरेको उनको टिप्पणी थियो । “हाम्रा पूर्वजहरूसँग कसैको तुलना हुँदैन । हाम्रो सभ्यतासँग, सभ्यताको सृष्टि यहाँ भएको थियो । सभ्यताको सृष्टि भएको ठाउँ भएको हुनाले सभ्यताको विकास यहाँ भएको थियो”, ओलीले भने, “पछि अरुतिर छरियो ।”

सभ्यताको आगो यहाँ बालिएको तर त्यसमा दाउरा थप्ने, घिउ थप्ने काम नहुँदा निभेर गएको भन्दै यसको संरक्षणमा लाग्न आग्रह गरे । सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरूलाई आफ्नो साथ रहने उनको भनाइ थियो ।

वि.सं.२०७८ पुस २१ बुधवार १७:१५ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...