काठमाडौं । नेपालमा आज ४३५ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको १० हजार २६७ नमुना परीक्षणमा ४३५ कोरोना संक्रमित थपिएका हुन् । नेपालमा केही दिनयता कोरोना संक्रमित हुनेको संख्या निरन्तर बढीरहेको छ ।
आज थपिएका ४३५ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख २६ हजार ५९ पुगेको छ भने आज निको भएका २३९ जनासँगै हालसम्म ८ लाख १३ हजार १७६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
नेपालमा आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ११ हजार ६०१ रहेको छ ।
त्यस्तै नेपालमा हाल ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४,८५२ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा ३७३ जना रहेका छन् । साथै हाल आइसीयुमा ८४ र भेन्टिलेटरमा १४ जनाको उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ३८५ जनाले कोरोना भाइसरविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म २ करोड ५५ लाख २१ हजार ६३९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।
ती मध्ये १ करोड ४७ लाख १७ हजार २२६ जनाले पहिलो मात्रा र १ करोड ८ लाख ४ हजार ४१३ जनाले दोस्रो मात्राको खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
वि.सं.२०७८ पुस २१ बुधवार १७:१७ मा प्रकाशित



























