back
CTIZAN AD

तोकियो उखुको मूल्य, प्रतिक्विन्टल ५९० रुपैयाँ

वि.सं.२०७८ पुस २२ बिहीवार

585 

shares

काठमाडौं ।  सरकारले उखुको मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रति मेट्रिक टन ५९० रुपैयाँ निर्धारण गरेको हो । उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले मन्त्रिपरिषमा पेश गरेको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारणको सिफारिस उद्योग मन्त्रालयमा गरेको थियो । उक्त छलफलमा किसानले ६ सय ५० रुपैयाँ प्रति मेट्रिकटन माग गरेका थिए भने उद्योगीहरुले ५ सय ८० रुपियाँ मेट्रिक टन हुनुपर्ने माग गरेका थिए ।

उखुको मूल्य निर्धारण नहुँदै उखु किसानले चिनी मिलमा आफ्नो उखु दिन सुरु गरिसकेका छन् । सँगै उखु किसानहरुले मुल्य निर्धारण र उद्योगीहरुसंगबाट लिन बाँकी रहेको बक्यौतामा सहजिकरणको लागि आन्दोलन पनि गरिरहेका छन् ।

वि.सं.२०७८ पुस २२ बिहीवार ०९:०८ मा प्रकाशित

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...