back
CTIZAN AD

आफुँविरुद्व परेको उजुरीमा विनोद चौधरीको प्रतिक्रिया – रोइलो गर्नुको अर्थ छैन

वि.सं.२०७८ पुस २२ बिहीवार

531 

shares

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित विनोद चौधरीले आफू विधानअनुसार नै केन्द्रीय सदस्य भएको दाबी गरेका छन् । निर्वाचनको सबै प्रक्रिया पूरा गरेर विधानअनुसार नै आफू महाधिवेशनमा निर्वाचित भएको उनको भनाइ छ।

आफूविरूद्ध उजुरी परेपछि चौधरीले प्रतिक्रिया दिँदै निर्वाचन हारेपछि निर्वाचनकै प्रक्रियामा प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको बताएका छन्।

सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा। सुभाषचन्द्र यादवले चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिएपछि बिहीबार प्रेस नोट जारी गर्दै चौधरीले भनेका छन्, “विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैंन ।”

महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको स्मरण गराउँदै उनले किन दाबी विरोध गरिएन ? भनि प्रश्न गरे । “महाधिवेशनका बेला निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत रूपमा दाबी विरोधका लागि समय दिएको थियो। म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दाबी विरोध गरिएन ?”, चौधरीको प्रश्न छ।

उजुरी दिने यादव सोही निर्वाचनमा उम्मदेवार रहेको र विजयी हुन नसकेपछि विधिसम्मत भएन भन्ने गरेको आरोप चौधरीको छ । “आफैँ सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधिसम्मत भएन भनेर रोइलो गर्नुको अर्थ छैन, नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैन”, उनले भनेका छन् ।

सम्बन्धित समाचार

विनोद चौधरीको केन्द्रीय सदस्य पद धरापमा !

वि.सं.२०७८ पुस २२ बिहीवार १४:२७ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...