back
CTIZAN AD

४३ अंकले बढ्यो नेप्से, ३ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

वि.सं.२०७८ पुस २२ बिहीवार

696 

shares

२२ पुष, काठमाडौँ । साताको अन्तिम दिन बिहिबार नेप्से ४३ दशमलव २९ अंकले वृद्धि हुर्दै समग्र परिसूचक पनि बढेर २६९२ दशमबल ४७ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ९ दशमलब १६ अंकले बढेर ५०६ दशमलब १६ अंकमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २३८ कम्पनीका ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैंयाँ बराबरका ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ४८ हजार १ सय ६१ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा अपी पावर, एनआईसी एशिया बैंक, नेशनल माइक्रोफाइनान्स लघुवित्त, गरिमा विकास बैंक, हिमालयन डिष्टिलरी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अपी पावर, नेपाल बैंक, एचआईडिसिएल, अरुण भ्याली हाईड्रोपावर, नेशनल हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज ३ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेपाल फाइनान्स, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोशी जलविद्यृतको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

वि.सं.२०७८ पुस २२ बिहीवार १५:२६ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...