काठमाडौं । नेकपा एमालेको ७७ वटै जिल्लाको अधिवेशन आजदेखि सुरु हुँदैछ ।
उक्त अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे पार्टी कार्यालयबाट भर्चुअल माध्यमबाट एकैसाथ गर्ने एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जनाएका छन् ।
त्यस्तै मौसम र आन्तरिक कारणले आज हुन नसकेका १६ जिल्लाको अधिवेशन छिट्टै गरिने पनि रिजालले जानकारी दिएका छन् ।
एमालेले काठमाडौं जिल्लाको अधिवेशन मुलपानीस्थित त्रिकेट रंगशालामा आयोजना गरेको छ भने अन्य जिल्लाका लागि पनि पार्टीका केन्द्रीय नेता तथा जिल्ला इन्चार्जहरु सम्बन्धीत जिल्लामा खटिएका छन् ।
गत मंसिरमा केन्द्रीय महाधिवेशन सम्पन्न गरेर स्थानीय अधिवेशनमा लागेको एमालेले यसअघि पालिका अधिवेशन सम्पन्न गरिसकेको छ भने आजदेखि जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने भएको छ ।
वि.सं.२०७८ पुस २३ शुक्रवार ०९:३८ मा प्रकाशित



























