काठमाडौं । नेकपा (माओवादी केन्द्र)ं को २५ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक हाललाई स्थगित भएको छ ।
केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार महाधिवेशनमा सहभागी भएका केही नेताहरु विरामी परेको र केहीमा कोरोना संक्रमण समेत देखिएपछि बैठक हाललाई स्थगीत गरिएको हो ।
‘मुख्य त महाधिवेशनमा सहभागी नेताहरु विरामी परेको र केहीमा कोरोना संक्रमण समेत देखिएकोले २५ गतेको बैठक स्थगीत भएको हो ।’ ढकालले संसारन्युजसँग भने ।
ढकालका अनुसार पार्टी कार्यालयमा गरिएको परीक्षणका क्रममा नेता हरिवोल गजुरेल लगायतका ६ जनामा कोरोना पुष्टि भएको र अन्यलाई पनि परीक्षणका लागि आग्रह गरिएको छ ।
पार्टीको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले पनि आफु विरामी भएको तर कोरोना भए÷नभएको परीक्षण गरिनसकेको बताए ।
‘ विरामी भएको छु महाधिवेशनको धपडीले पनि होला । तर कोरोना परीक्षण गराएको छैन अस्पताल जाँदैछु् ।’ श्रेष्ठले भने ।
माओवादी केन्द्रको आठौं महाधिवेशनपछि बसेको केन्द्रीय समितिको पहिलो बैठकले पार्टीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत गर्दै अन्य पदाधिकारी २५ गतेको केन्द्रीयसमितिको बैठकले चयन गर्ने बताइएको थियो ।
पार्टीमा अब १ वरिष्ठ उपाध्यक्ष ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष्म गरी १५ पदाधिकारी चयन गर्न बाँकी रहेको छ ।
वि.सं.२०७८ पुस २३ शुक्रवार ११:१९ मा प्रकाशित



























