२३ पुष, काठमाडौँ । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिट्यान्स सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले इजिलिंङ्क रेमिट्यान्स प्रा। लि।सँग सम्झौता गरेको छ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ईजिलिंङ्क रेमिटेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात ग्राहकहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपालभित्र बैंकिङ्ग च्यानल मार्फत आएको रकम तथा नेपालभित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्नेछन् । अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट इजिलिङ्क रेमिट्यान्स मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् ।
बैंकले हाल देशै भरी १०३ वटा शाखाहरु मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
वि.सं.२०७८ पुस २३ शुक्रवार ११:२१ मा प्रकाशित



























