काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेता श्रेष्ठले आफुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक संजालमार्फत् जानकारी दिएका छन् ।
शुक्रवार कोरोना परीक्षण गरिएका श्रेष्ठको शनिवार कोरोना पोजेटिभ देखिएको रिर्पोट आएको हो । नेता श्रेष्ठले आफुमा कोरोना संक्रमण पुष्टि भएको र अब १४ दिन घरमै आइसोलेशनमा बस्ने जानकारी समेत दिएका छन् ।
‘पिसीआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसंग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु ।’ नेता श्रेष्ठले भनेका छन् ।
वि.सं.२०७८ पुस २४ शनिवार ०९:४७ मा प्रकाशित



























