back
CTIZAN AD

टानमा अध्यक्षको उम्मेदवार बनेका भण्डारीको यस्ता छन् प्रतिबद्धताहरु

वि.सं.२०७८ पुस २४ शनिवार

702 

shares

ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षको उम्मेदवार बनेका बोधराज भण्डारीले पहिलो चरणमा ११ प्रारम्भिक प्रतिबद्धता सार्वजनिक गरेका छन् । स्नोई होराईजन ट्रेक्स एण्ड एक्स्पीडिसन प्रा.ली.का अध्यक्ष भण्डारीले प्रतिबद्धतामा अध्यक्षमा निर्वाचित भएपछिको उत्तरदायित्व देखि आफ्नो चुनावी खर्च के हुने भन्ने सम्मका कुराहरु उल्लेख गरेका छन् ।

यसैगरी उनले चुनाबी प्रायोजनका लागि आँफु पनि भोजभतेर या निजी खर्च नगर्ने र अरुको भोजभतेर या निजी खर्चमा सहभागि नहुने, दलसँग हात फैलाएर उमेदवारको लागि टिकट लिने परम्पराबाट पूर्णत मुक्त हुने बताएका छन् ।

टानको माघ २८ गते ४२ औं र ४३ औं साधारण तथा अधिवेशनको मिति तय भएको छ । हालसम्म टानको आगामी अध्यक्षमा निलहरि बाँस्तोला, बोधराज भण्डारी र राजेन्द्र सापकोटाले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

आगामी दिनमा क्रमशः अन्य प्रतिबद्धताहरु पनि सार्वजनिक गरिरहने भन्दै भण्डारीले सञ्जालमा भनेका छन् :

TAAN (Trekking Agencies Association of Nepal) को आगामी निर्वाचनमा मेरा प्रतिबद्धताहरु (प्रारंम्भिक)
१) उमेदवारी दिने पद : अध्यक्ष : १००% प्रतिबद्ध।
२) को प्रती उत्तरदायी : TAAN र TAAN का साधारण सदस्यहरु प्रती उत्तरदायी हुने : १००% उत्तरदायी।
३) चुनाबी खर्च के हुने ? : उमेदवारी दर्ता शुल्क र बढीमा १ पन्ने प्रतिबद्धता पत्रको छपाई खर्च मात्र।
४) कुनै सदस्यको सदस्यता नबिकरण गरिदिने र भोजभतेर र फजुल खर्च गरेर भोट किन्ने कार्य नगर्ने, १०० % प्रतिबद्धता।
५) चुनाबी प्रायोजनका लागि आँफु पनि भोजभतेर या निजी खर्च नगर्ने र अरुको भोजभतेर या निजी खर्चमा सहभागि नहुने।
६) कुनै राजनीतिक दल या तिनका नेता जो पदयात्रा तथा पर्बतारोहण ब्यवसायमा प्रत्यक्ष सरोकार राख्दैनन् संग TAAN को बिषयमा छलफल, सहमति या सम्झौता नगर्ने प्रतिबद्धता १००%।
७) पदयात्रा, पर्बतारोहण ब्यवसायको प्रबर्धन, संरक्षण, बिकास र बिस्तार तथा, बिघटन उन्मुख TAAN को रक्षा र बिकाशमा पूर्ण रुपमा प्रतिबद्धता।
८) ब्यबासायिक मित्रहरु संग अनौपचारिक छलफल र आफ्नै स्वबिबेकका आधारमा उमेदवारी : दलसंग हात फैलाएर उमेदवारको लागि टिकट लिने परम्परा बाट पूर्णत: मुक्त।
९) माया, दया र पदको लागि होईन संस्थाको रक्षा र बिकासका लागि मत माग्ने प्रतिबद्धता।
१०) सस्तो लोकप्रियताका लागि असिमित र बस्तुगत अवस्थाबाट असम्भब सपनाहरु नबाँड्ने प्रतिबद्धता।
११) TAAN को लोगो, ब्यानर, या पदिय हैसियतलाई भजाएर निजी फाईदाका लागि दुरुपयोग नगर्ने प्रतिबद्धता।

बोधराज भण्डारी
अध्यक्ष,
स्नोई होराईजन ट्रेक्स एण्ड एक्स्पीडिसन प्रा. ली.

वि.सं.२०७८ पुस २४ शनिवार ०९:५० मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...