back
CTIZAN AD

लडकडाउनको चर्चासँगै शेयर बजारमा उत्साह, केही कम्पनीको कारोबारमा सर्किट

वि.सं.२०७८ पुस २६ सोमवार

687 

shares

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा उत्साह देखिएको छ । आइतबार उच्च अंकले बढेको सेयर बजार दोस्रो दिन सोमबार पनि उच्च अंकले बृद्धि भएको हो ।

आइतबार ७३ अंकले बढेको नेप्से सोमबार १९ अंकले उकालो लागेको छ । कारोबार सुरु भएदेखि तिव्र उतार चढाव देखिएको बजार १९ अंकले बढेर बन्द भएको हो ।

सोमबार केही ठूला कम्पनीहरुको शेयरमा सकारात्मक संकेत देखिएको छ । साथै कारोबार रकम पनि बढेको छ । सोमबार सात अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँको कारोबार भएको थियो ।

सोमरबार कारोबारमा आएका कुल २३६ कम्पनीका एक करोड ८२ लाख ८८ हजार १३० कित्ता शेयर किनबेच भयो । अधिकांश उपसमूहका शेयर मूलय उकालो लागेको छ ।

सोमबार मध्य भोटेकोशी, युनियन जलविद्युत र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । यसैगरि गोर्खा फाइनान्स, नेपाल टेलिकम र एचआईडीसीएलको कारोबार उच्च भएको छ ।

सरकारले कोरोना संक्रमण बढेसँगै स्मार्ट लकडाउनको योजना अगाडि सारेको छ । लकडाउनको योजना अगाडि सारिरहेका बेला अन्य क्षेत्रमा लगानी गरिरहेका लगानीकर्ता बजारमा आर्कषित भएका हुन् ।

वि.सं.२०७८ पुस २६ सोमवार १६:१८ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...