back
CTIZAN AD

अन्तरदेशीय विद्युत व्यापारमा निजी क्षेत्र प्रवेश गर्यो

वि.सं.२०७८ पुस २७ मंगलवार

636 

shares

काठमाडौं । गएको वर्षायाममा मागभन्दा धेरै विद्युत उत्पादन भएपछि दैनिक रुपमा झण्डै ५ सय मेगावाटसम्म विद्युत खेर जाने अवस्था सिर्जना भयो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट ४ सय ५६ मेगावाट विद्युत उत्पादन भएपछि विद्युत खेर जाने अवस्था सिर्जना भएको हो ।

उत्पादन भएको विद्युत दैनिक रुपमा खेर जान थालेपछि विद्युत खपत र अन्तरदेशीय व्यापारको विषयले बहसमा प्राथमिकता पाएको थियो । सोही सन्दर्भमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले विद्युतको व्यापारमा निजी क्षेत्रको सहभागिताको विषयलाई उठान गर्यो । अहिले सम्मको व्यवस्थामा विद्युतको व्यापारमा निजी क्षेत्रको सहभागितालाई कानुनी व्यवस्था गरिएको थिएन् । तर सरकार र सरकारको स्वामित्वमा रहेको विद्युत प्राधिकरण लगाएतका संस्थाहरुले सो सम्बन्धमा पहलकदमी लिन नसकेपछि विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन सरकारलाई दबाब सिर्जना भएको हो ।

सरकारले विद्युत व्यापारको लागि सरकारको स्वामित्वमा रहेको विद्युत व्यापार कम्पनी लिमिटेडलाई अनुमति प्रदान गरिसकेको छ । विद्युत व्यापारमा निजी क्षेत्रलाई पनि सहभागी गराउन सरकारको तर्फबाट अहिले कार्यविधी बनाउने काम भइरहेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले बताएकी छन् । देशको समृद्धिको लागि विद्युतको खपतलाई पनि बढाउनुपर्ने भुसालको तर्क रहेको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाका अध्यक्ष कृष्ण प्रसाद आचार्यका अनुसार विद्युतको खपत वृद्धि गर्नका लागि पनि निजी क्षेत्रले महत्वपुर्ण भूमिका निर्वाह गर्नसक्दछ ।

अनुमति अगावै विद्युुत व्यापारको सम्झौता गर्न सफल
सरकारले विद्युत व्यापारको लागि निजी क्षेत्रलाई जिम्मेवारी दिनको लागि कार्यविधि निर्माणको तयारी गरिरहँदा नै निजी क्षेत्रले पहलकदमी लिएर विद्युत व्यापारको सम्झौता गरिसकेको छ ।

पुस २६ गते सोमबार काठमाडौंमा आयोजित पावर मार्केट समिटमा इपानद्वारा प्रवद्र्धन गरेको नेपाल पावर एक्सचेन्जले भारतीय कम्पनीसंग विद्युत व्यापारको सम्झौता गरेको छ ।

भारतको मनिकरनले नेपालबाट वर्षातको समयमा ५ सय मेगावाट विद्युत खरिद गर्ने सम्झौता गरेको छ । सम्झौतामा नेपाल पावर एक्सचेञ्जका प्रबन्ध निर्देशक आशिष गर्ग र मनिकरनका प्रबन्ध निर्देशक नवोदित सिंहले हस्ताक्षर गरेका छन् । विद्युत व्यापारको सम्झौता संगै पावर एक्सचेञ्जको १५ प्रतिशत सेयर मनिकरनको हुने सम्झौता गरिएको छ ।

त्यस्तै पावर एक्सचेन्जले भारतीय कम्पनीसंग सम्झौता गरेजस्तै नेपाल उद्योग परिसंघले पनि बंगालादेशमा पनि विद्युत व्यापार गर्ने सम्झौता गरेको छ । सो सम्झौता संगै बंगालादेशले नेपालसंग ५ सय मेगावाट विद्युत खरिद गर्ने छ । उद्योग परिसंघको टोलीसंगको भेटमा बंगालादेशका विद्युत, उर्जा तथा खनिजस्रोत राज्यमन्त्री नेपालबाट आगामीवर्षदेखि विद्युत खरिद गर्ने बताएका छन् ।

वि.सं.२०७८ पुस २७ मंगलवार ०९:१७ मा प्रकाशित

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...