back
CTIZAN AD

बहिर्गमन पछि पहिलो पटक सिंहदरबार पुगे पूर्वराजा ज्ञानेन्द्र, लाग्यो गणतन्त्र विरोधी नारा

वि.सं.२०७८ पुस २७ मंगलवार

747 

shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दरबारबाट बहिर्गमन भएपछि पहिलो पटक सिंहदरबार पुगेका छन् । मंगलबार पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पूर्वराजा शाह सिंहदरबार पुगेका हुन् ।

मध्यान्ह १२ बजे समर्थनसहित पूर्वराजा शाह सिंहदरबार पुगेका थिए । उनले सिंहदरबार मुख्य गेटबाहिर रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

पूर्वराजा सिंहदरबार पुग्दा राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्बीर बोकेका समर्थकहरुले गणतन्त्र विरोधी नारा लगाएका थिए । ‘गणतन्त्र मुर्दावाद’ भन्दै उनीले ‘हाम्रो राजा हाम्रो देश, राजतन्त्र जिन्दवाद’ जस्ता नारा लगाएका थिए ।

यसअघि हिजै पूर्वराजा ज्ञानेन्द्रले वक्तव्य जारी गर्दै गणतन्त्रप्रति असन्तुष्टि पोखेका थिए । जनताको हित नगर्ने व्यवस्था जति उन्नत भए पनि त्यसलाई लामो समय अभ्यास गर्न नहुने उनको भनाइ थियो ।

वि.सं. २०६५ मा नारायणहिटी दरबारबाट बहिर्गमन भइसकेपछि ज्ञानेन्द्र एकपटक पनि सिंहदरबार छिरेका थिएनन् । बहिर्गमनको १३ वर्ष पछि उनी पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न सिंहदरबार गएका हुन् ।

 

वि.सं.२०७८ पुस २७ मंगलवार १४:३३ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...