काठमाडौं । पछिल्ला केही दिनयता कोरोना संक्रमण तिब्ररुपमा बढीरहेको अवस्थालाई मध्येनजर गर्दै विदेश जानेहरुका आफन्तलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रवेशमा रोक लगाएको छ ।
त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले मंगलवार एक सूचना जारी गर्दै विमानस्थलमा कोभिड १९ को जोखिम न्युनिकरणको लागि विमानस्थलमा अनावस्यक भिडभाड नर्गन र स्वास्थ्य सतर्कता अपनाउन समेत अनुरोध गरेको हो ।
प्राधिकरणले हवाइ यात्रु र आवागमनको चाप तथा विमानस्थलमा स्थान सिमितताका कारण अति जरुरी बाहेक स्वागत तथा विदाइ गर्नका लागि मात्र विमानस्थल नआइ दिन अनुरोध गरेको छ ।
‘ यस कार्यालयबाट पटक–पटक विभिन्न सन्चार माध्यममार्फत् सार्वजनिक अपिल गर्दा समेत विमानस्थलमा आउने आफन्तजनको संख्यामा कमि भएको छैन ।’ प्राधिकरणद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
कोभिड १९ का विभिन्न भेरियन्ट उत्परिवर्तन भैरहेको र हालै नयाँ भेरियन्ट ओमिक्रोन सहित छिमेकी मुलुकहरुमा कोभिड १९ तीब्र रुपमा फैलिएको सन्दर्भ तथा यसको प्रभाव नेपालमा पनि देखिइरहेको कारण आफु पनि बच्न र विमानस्थलमा अनावस्यक भिड नगरिदिन समेत अनुरोध गरिएको छ ।

वि.सं.२०७८ पुस २७ मंगलवार १४:०७ मा प्रकाशित



























