पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशको कास्कीमा सबैभन्दा बढी ७५ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै म्याग्दीमा ४, गोरखामा ६, तनहुँमा ७, बाग्लुङमा ५, स्याङजामा ८ र नवलपरासीपूर्वमा ९ गरी ११४ जना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा पर्वतका १ कोरोना संक्रमितको मृत्यु भएको छ ।
निर्देशनालयका अनुसार पर्वत जलजला गाउँपालिका १ की ७७ वर्षीया कोरोना संक्रमित महिलाको पोखराको स्वास्थ्य विज्ञान प्रतिष्यठान पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । उनमा पुष १६ गते कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्वतकी ती महिलासँगै प्रदेशमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १४२८ पुगेको छ ।

वि.सं.२०७८ पुस २७ मंगलवार १६:४० मा प्रकाशित



























