back
CTIZAN AD

निरन्तर बढ्दै कोरोना संक्रमितको संख्या, आज एकैदिन थपिए २४४४ संक्रमित

वि.सं.२०७८ पुस २७ मंगलवार

762 

shares

काठमाडौं । नेपालमा आज २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १५ हजार ३३ नमु्ना परीक्षणमा २४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबारको तुलनामा आज संक्रमित हुनेको संख्या झण्डै १ हजारले बढी हो ।

आज उपत्यकाको काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ जनासँगै १२८६ जनामा संक्रमण पुष्टि भएको हो । सोमवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको ३७० ले बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका २४४४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ३२ हजार ६९८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३१३ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख १४ हजार ७९८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । हालसम्म ११ हजार ६०७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
मन्त्रालयको विवरण अनुसार ९ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये हाल होम आइसोलेशनमा ८ हजार ८६७ जना र ६५५ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये ९३ जना आइसीयु र १९ जना भेन्टिलेटरमा उपचाररत छन् । सोमवारको तुलनामा आइसीयु र भेन्टिलेटरमा रहनेको संख्या बढेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ८० हजार ४५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या २ करोड ६५ लाख ८५ हजार ६६७ पुगेको छ । जसमा १ करोड ५२ लाख ४९ हजार १२९ जनाले पहिलो मात्रा र १ करोड १३ लाख ३६ हजार ५३८ जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।

आज देशैभरी थपिए १४४६ कोरोना संक्रमित, २ जनाको मृत्यु

वि.सं.२०७८ पुस २७ मंगलवार १६:२२ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...