back

निरन्तर बढ्दै कोरोना संक्रमितको संख्या, आज एकैदिन थपिए २४४४ संक्रमित

वि.सं.२०७८ पुस २७ मंगलवार

177 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपालमा आज २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १५ हजार ३३ नमु्ना परीक्षणमा २४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबारको तुलनामा आज संक्रमित हुनेको संख्या झण्डै १ हजारले बढी हो ।

आज उपत्यकाको काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ जनासँगै १२८६ जनामा संक्रमण पुष्टि भएको हो । सोमवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको ३७० ले बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका २४४४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ३२ हजार ६९८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३१३ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख १४ हजार ७९८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । हालसम्म ११ हजार ६०७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
मन्त्रालयको विवरण अनुसार ९ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये हाल होम आइसोलेशनमा ८ हजार ८६७ जना र ६५५ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये ९३ जना आइसीयु र १९ जना भेन्टिलेटरमा उपचाररत छन् । सोमवारको तुलनामा आइसीयु र भेन्टिलेटरमा रहनेको संख्या बढेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ८० हजार ४५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या २ करोड ६५ लाख ८५ हजार ६६७ पुगेको छ । जसमा १ करोड ५२ लाख ४९ हजार १२९ जनाले पहिलो मात्रा र १ करोड १३ लाख ३६ हजार ५३८ जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।

आज देशैभरी थपिए १४४६ कोरोना संक्रमित, २ जनाको मृत्यु

वि.सं.२०७८ पुस २७ मंगलवार १६:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

  काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा...

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

काठमाडौँ । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको...

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

जानकी (बाँके) । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा...

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर...

छपन्न लाख ४३ हजार बढी बालबालिकाले लगाए दादुरा-रुवेलाविरुद्धको खोप

छपन्न लाख ४३ हजार बढी बालबालिकाले लगाए दादुरा-रुवेलाविरुद्धको खोप

काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा-रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख...