back
CTIZAN AD

भारतीय पक्षलाई एमालेले भन्यो– लिपुलेकमा भइरहेको सडक निर्माणको काम तत्काल रोकियोस्

वि.सं.२०७८ पुस २७ मंगलवार

717 

shares

काठमाडौं । भारतीय पक्षले नेपाली भूमि लिपुलेकमा गरिरहेको सडक विस्तारप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेले अबिलम्ब सडक विस्तारलाई रोक्न माग गरेको छ ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने पनि भट्टराईद्वारा जारी वक्तव्यमा भनिएको छ। “सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ”, एमाले विदेश विभाग प्रमुख राजन भट्टराईद्वारा जारी वक्तव्यमा भनिएको छ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रुपमा रहेका र गत वर्ष नै राजनीतिक(प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत् नेपालले यस विषयमा आफ्नो कानुनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै रहेको वक्तव्यमा उल्लेख छ।

एमालेले सडक विस्तारप्रति सरकारले देखाएको मौनताको विरोध गरेको छ । राष्ट्रियतासँग सम्बन्धित विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको एमालेले भनाइ छ ।

“हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ।

यस्तो छ एमालेले जारी गरेको विज्ञप्ति

वि.सं.२०७८ पुस २७ मंगलवार १७:३९ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...