back
CTIZAN AD

ओमिक्रोनको जोखिमपछि प्रवेशविन्दुमा कडाइ

वि.सं.२०७८ पुस २८ बुधवार

687 

shares

दमौली । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गण्डकी प्रदेशको प्रवेशविन्दु तनहुँको आँबुखैरेनीमा कडाइ गरिने भएको छ ।

गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पुलजीपमा स्थापना गरेको स्वास्थ्य प्रबद्र्धन तथा निगरानी केन्द्रलाई प्रभावकारी बनाउन आवश्यक कर्मचारीको व्यवस्थापन गर्न लागिएको हो । प्रदेश सरकारले उक्त केन्द्रमा आवश्यक कर्मचारी, स्वास्थ्य सामग्री प्रबन्ध गर्ने व्यवस्था मिलाउने र सार्वजनिकस्थलमा निःशुल्क एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउनेछ ।

निगरानी केन्द्रमा मुग्लिन पुल हुँदै गण्डकी प्रदेश प्रवेश गर्ने हरेक सवारी साधनको नम्बर दर्ता गरिने र स्वास्थ्यको मापदण्ड पालना गरे÷नगरेको परीक्षण गरिने आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले जानकारी दिए । “ सबै यात्रुलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न लगाइनेछ, केही समस्या भए तत्कालै समाधान पनि गरिनेछ”, उनले भने, “यसका साथै स्वास्थ्य सम्बन्धी सचेतना प्रदान पनि गरिनेछ ।” परीक्षणबाट पोजेटिभ देखिएकालाई तत्काल संस्थागत आइसोलेशनमा राख्न व्यवस्था मिलाउने निर्णय भएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए ।

प्रदेश सरकारले निगरानी केन्द्रको थप व्यवस्थापनका लागि तल्लो मस्र्याङ्दी जलविद्युत् कार्यालयको जग्गा प्रयोग गर्नका लागि नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गत असोजमा आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा निगरानी केन्द्र स्थापना गरेको थियो । तर कोरोना जोखिम न्यूनीकरण हुँदै गएपछि उक्त केन्द्र प्रभावकारी हुन सकेको थिएन । तर ओमिक्रोनको जोखिम बढेसँगै अब उक्त केन्द्रलाई सक्रिय बनाउने तयारी छ ।

वि.सं.२०७८ पुस २८ बुधवार १५:२२ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...