काठमाडौँ । गायिका सुष्मा राईको स्वर रहेको ‘विश्वासको घर’ सार्वजनिक भएको छ । प्रवासमा रहेर पनी नेपाली सुगम संगीतमा क्रियाशिल गायिका राई र गायक शिवसंगम राईको स्वरमा रहेकोको गीत ‘विश्वासको घर’ सार्वजनिक भएको हो । गीतमा इश्वर चाम्लिङको शब्द तथा गायक राईकै संगीत र सुन्दर लामाको संगीत संयोजन रहेको छ ।
गीतमा माया रहेका प्रेमील जोडि विचको प्रेमको भावलाई चित्रण गरिएको छ । नेपाली मौलिक पनमा तयार पारिएको भिडियोमा प्रेमको सुन्दर परिभाषालाई कलात्मक रुपमा भिडियोमा देखाइएको छ ।
अनिल कुमार मान्धरको छायाँकन रहेको भिडियोमा अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन रहेको छ । ‘विश्वासको घर’ गीतको भिडियोमा प्रिया रानी लामा र प्रविण डिसीको जिवन्त अभिनय देख्न सकिन्छ भने गीतको भिडियोलाई ओ एस आर डिजिटलले बजारमा ल्याएको छ ।
‘विश्वासको घर’ गीतको पुरा भिडियो
वि.सं.२०७८ पुस २८ बुधवार १५:२१ मा प्रकाशित




























