back
CTIZAN AD

देशका अधिकांश स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

वि.सं.२०७८ पुस २८ बुधवार

735 

shares

काठमाडौँ । पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत भएको छ ।

यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बबतााइन । “आगामी शुक्रबारदेखि अझै अर्काै मौसमी प्रणालीसमेत विकसित हुने सम्भावना देखिएको छ”, उनले भनिन् ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । बिहीबार देशभर आंशिक बदली रही अपराह्न पछाडी प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १८ दशमलव सात डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम माइन चार दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

वि.सं.२०७८ पुस २८ बुधवार १५:०५ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...