काठमाडौं । धादिङमा आज बिहान गएको सुख्खा पहिरोमा तीनजना पुरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार रुबिभ्याली गाउँपालिकाको वडा नं १ को पुरु भन्ने ठाउँमा आज बिहान साढे सात बजेको समयमा सडकको ट्रयाक खनिरहेका बेला डोजरसहित तीन जना पुरिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीका अनुसार सुख्खा पहिरोमा दुईजना अपरेटर र एकजना साइट हेर्ने व्यक्ति पुरिएका छन् ।
वि.सं.२०७८ पुस २९ बिहीवार १०:५७ मा प्रकाशित




























