२ माघ, काठमाडौँ । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा आज (माघ २ गते) देखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन ।
रमेशकुमार श्रेष्ठ यस अघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्ष भन्दा बढीको अनुभव हासिल गरेका छन ।
वि.सं.२०७८ माघ २ आइतवार ११:०४ मा प्रकाशित





























