back
CTIZAN AD

‘द भ्वाइस अफ किड्स’को ट्रफी झापाका जेनिश उप्रेतीको पोल्टामा

वि.सं.२०७८ माघ २ आइतवार

684 

shares

काठमाडौं । झापाका जेनिश उप्रेती ‘द भ्वाइस अफ किड्स’ बनेका छन् । जेनिशले ‘द भ्वाइस किड्स’को पहिलो सिजनको उपाधि जितेका छन् । कोच प्रमोद खरेलको टिमबाट फाइनलमा पुगेका जेनिशले उपाधि चुमेका हुन् ।

हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि ‘द भ्वाइस अफ किड्स’ शोे हिमालय टिभीमा प्रशारण भइरहेको थियो । ‘द भ्वाइस अफ नेपाल किड्स’ को डिजिटल अडिसनबाट छानिएका प्रतिभाहरु विभिन्न प्रतिस्पर्धामा अब्बल हुँदै उत्कृष्ट ८ मा जेनिस उप्रेती, रुक्शाना लिम्बु, मिन्चामा राई, नुमा राई, सुशनी गुरुङ्ग, अनुजा कडरिया, पासाङ डिकी शेर्पा र सुप्रिम मल्ल ठकुरी फाइनलमा पुगेका थिए ।

अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले जितेका हुन् । ‘द भ्वाइस अफ नेपाल किड्स’ का विजेता जेनिशले ट्रफीसंगै १५ लाख नगद, सीजीबाट ५० हजार बराबरको कोर्षदेखि अन्य धेरै पुरस्कारहरु पाएका छन् ।

छ वर्षदेखि १४ बर्षसम्मका बालबालिकाले भाग लिन पाउने रियालिटी सोमा होस्ट सुशील नेपालले गरेका थिए भने कोचको रुपमा चर्चित गायक तथा गायिका प्रमोद खरेल, प्रविशा अधिकारी, मिलन अमात्य र राजु लामा रहेका थिए ।

वि.सं.२०७८ माघ २ आइतवार १५:३७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...