
काठमाडौं । झापाका जेनिश उप्रेती ‘द भ्वाइस अफ किड्स’ बनेका छन् । जेनिशले ‘द भ्वाइस किड्स’को पहिलो सिजनको उपाधि जितेका छन् । कोच प्रमोद खरेलको टिमबाट फाइनलमा पुगेका जेनिशले उपाधि चुमेका हुन् ।
हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि ‘द भ्वाइस अफ किड्स’ शोे हिमालय टिभीमा प्रशारण भइरहेको थियो । ‘द भ्वाइस अफ नेपाल किड्स’ को डिजिटल अडिसनबाट छानिएका प्रतिभाहरु विभिन्न प्रतिस्पर्धामा अब्बल हुँदै उत्कृष्ट ८ मा जेनिस उप्रेती, रुक्शाना लिम्बु, मिन्चामा राई, नुमा राई, सुशनी गुरुङ्ग, अनुजा कडरिया, पासाङ डिकी शेर्पा र सुप्रिम मल्ल ठकुरी फाइनलमा पुगेका थिए ।
अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले जितेका हुन् । ‘द भ्वाइस अफ नेपाल किड्स’ का विजेता जेनिशले ट्रफीसंगै १५ लाख नगद, सीजीबाट ५० हजार बराबरको कोर्षदेखि अन्य धेरै पुरस्कारहरु पाएका छन् ।
छ वर्षदेखि १४ बर्षसम्मका बालबालिकाले भाग लिन पाउने रियालिटी सोमा होस्ट सुशील नेपालले गरेका थिए भने कोचको रुपमा चर्चित गायक तथा गायिका प्रमोद खरेल, प्रविशा अधिकारी, मिलन अमात्य र राजु लामा रहेका थिए ।