back
CTIZAN AD

मर्यादित रुपमा स्पा व्यवसायलाई सञ्चालन गर्न मन्त्री श्रेष्ठको आग्रह

वि.सं.२०७८ माघ २ आइतवार

612 

shares

काठमाडौँ । वाग्मती प्रदेशका संस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले स्पा व्यवसायलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । स्पा सङ्घ नेपालको आज यहाँ आयोजित प्रथम वार्षिकोत्सवका अवसरमा उनले मुलुकको अर्थतन्त्रको बलियो आधार स्पा क्षेत्र भएकाले यसलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
“स्पा क्षेत्रमा भएको विकृति र विसङ्गति अन्त्यका लागि स्पा सङ्घले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्र्छ, यस व्यवसायलाई व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्नका लागि प्रदेश सरकारले सहयोग गर्छ,”उनले भने, “यो क्षेत्रपनि नेपालको पर्यटन उद्योगसँग जोडिएकाले यसको रक्षा गर्ने जिम्मा व्यवसायीसँगै सरकारको पनि होे ।”

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्पा एवं मसाज क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक रहेकाले यस्तो मनोविज्ञानलाई चिर्नु जरुरी रहेको बताए ।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डङ्गोलले प्राकृतिक आयुर्वेद चिकित्साको रुपमा स्पा व्यवसायीलाई राख्न सरकारलाई आग्रह गरे । सङ्घका अध्यक्ष शुभलाल थिङले कोभिडले आक्रान्त स्पा व्यवसाय सञ्चालनका लागि सङ्घले कोभिड–१९ सङ्क्रमणकालीन स्पा सञ्चालन मापदण्ड–२०७८ बनाएर लागू गरेको जानकारी दिए ।

वि.सं.२०७८ माघ २ आइतवार १६:०० मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...