back
CTIZAN AD

निःशुल्क डायलासिस सेन्टर सञ्चालन

वि.सं.२०७८ माघ २ आइतवार

594 

shares

वालिङ । स्याङ्जाको वालिङमा मिर्गौलाका बिरामीको उपचारका लागि निःशुल्क डायलासिस सेन्टर सञ्चालनमा आएको छ ।

रोटरी क्लब अफ वालिङले वालिङ नगरपालिका र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा डायलासिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

डायलासिस सेन्टर सञ्चालनमा आएसँगै वालिङ तथा आसपासका पर्वत, गुल्मी, पाल्पा जिल्लाका केही भेगका मिर्गौलाका बिरामीलाई सहजता हुनेभएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा सञ्चालनमा आएको सेन्टरमा आठ वटा मेसिनबाट डायलासिसको काम सुरु गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमले बताएका छन् ।

उनका अनुसार हाल आठवटा मेसिन राखेर सुरु गरिएको डायलासिस गर्ने कार्यलाई बढाएर एघार वटा पु¥याइने छ । मिर्गौलाका बिरामीको उपचारमा सहजताका लागि डायलासिस सेन्टर वालिङमा स्थापना गर्न नगरपालिकाले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्दै आइरहेको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

सेन्टर वालिङमै स्थापना भएर कार्य थालेसँगै स्याङ्जाको वालिङसहित छिमेकी जिल्लाका मिर्गौलाको उपचार गर्नुपर्ने नागरिकलाई पनि सहजता हुने प्रमुख खाँणले बताए । स्याङ्जा जिल्लाको मध्यभाग वालिङमा सेन्टर स्थापना हुनुले पनि सम्बन्धित बिरामीलाई टाढा जानुपर्ने अवस्थाको अन्त्य भई छिटोछरितो र निःशुल्क हुने भएपछि निक्कै प्रभावकारी हुने रोटरी क्लब अफ वालिङका अध्यक्ष युवराज पाठकले बताए ।

रोटरी क्लब अफ वालिङले गरेको प्रस्तावलाई रोटरी इन्टरनेशनलले सेन्टर सञ्चालनका लागि रु पाँच करोड ५३ लाख सहयोगस्वरुप उपलब्ध गराएको अध्यक्ष पाठकले जानकारी दिए । माघ १ बाट सञ्चालनमा आएको सेन्टरले दैनिक १६ जना मिर्गौलाका बिरामीको डायलासिस गर्न सकिने छ ।

सेन्टरमा डायलासिस गर्ने बिरामीको रेकर्ड राखेर सरकारलाई पठाउने र त्यहीँबाट भुक्तानी लिने भएकाले बिरामीलाई कुनै पनि शुल्क नलाग्ने अध्यक्ष पाठकको भनाइ छ ।

 

वि.सं.२०७८ माघ २ आइतवार १६:२० मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...