पर्वत । पर्वतको पैँयु गाउँपालिकाले पालिकामा संचालित विद्यालयहरु बन्द गर्ने सम्बन्धी कुनै पनि सूचना जारी नगरेको बताएको छ ।
पालिकाले आइतवार पालिकामा संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई परिपत्र गर्दै ओमिक्रोन भेरियन्ट कोभिड १९ को सन्दर्भमा पालिकाबाट विद्यालय संचालन नगर्ने गरी कुनै पनि निर्णय नभएको जनाएको हो ।
पालिकाले उच्च सतर्कता अपनाई यथावत अवस्था अनुसार नै गर्न÷गराउन कार्यालय निर्णयानुसार अनुरोध गरेको जनाएको छ ।

वि.सं.२०७८ माघ २ आइतवार १६:२६ मा प्रकाशित






























