काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले माघ ३ गतेदेखि थप दुई शाखाहरुको शुभारम्भ गरेको छ ।
नयाँ शुभारम्भ भएका शाखाहरुमा ७८ औँ शाखाको रुपमा दाङ्ग जिल्ला, तुल्सीपुर उप–महानगरपालिका वडा नं. ०५ ‘ख’ लाइनस्थित तुल्सीपुर शाखा र ७९ औँ शाखाको रुपमा रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. ०४ ट्राफिक चोकस्थित ट्राफिक चोक शाखा रहेका छन् ।
दुई वटा नयाँ शाखाहरुको बिस्तारसँगै हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत २०७८ पौष मसान्तसम्ममा बैंकले ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरि ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ ।
वि.सं.२०७८ माघ ३ सोमवार २१:०७ मा प्रकाशित





























