back
CTIZAN AD

जापानमा आज ३२ हजार बढीमा कोरोना संक्रमण, एकैदिन संक्रमित हुने अहिलेसम्मकै बढी

वि.सं.२०७८ माघ ४ मंगलवार

735 

shares

टोकियो । जापानमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या मङ्गलवार सवैभन्दा धेरै देखिएको छ ।

सरकारी अधिकारीहरूले मङ्गलवार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा जापानमा ३२ हजार १९७ जना नयाँ सङ्क्रमित भएका छन् ।

यसअघि अघिल्लो बर्षको अगस्टमा एकै दिनमा सबैभन्दा धेरै २५ हजार ९९२ जना सङ्क्रमित भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

मङ्गलबार सङ्क्रमित भएको पुष्टि भएका मध्ये टोकियोका मात्रै पाँच हजार १८५ जना रहेका छन् । “टोकियो महानगरभरीमा एकैदिनमा पाँच हजारभन्दा बढी सङ्क्रमित देखिएको पनि पहिलो पटक हो,” एक अधिकारीले भने ।

अघिल्लो मङ्लबार ९६२ जना मात्रै सङ्क्रमित भएकोमा एक हप्तामा पाँच गुणा बढेको अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो एक हप्तामा महानगरमा मात्रै औसतमा तीन हजार ८५८.६ प्रतिशत सङ्क्रमित भएको देखिएको छ ।

नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी कोरोनाभाइरस विरुद्धको दुवै खोप लगाएका व्यक्ति भएको पनि पाइएको छ । सिन्ह्वा

वि.सं.२०७८ माघ ४ मंगलवार २०:४२ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...