back
CTIZAN AD

दृष्टिविहीन महिलाका लागि सुरक्षित आवास बनाइने

वि.सं.२०७३ फागुन २७ शुक्रवार

1.1K 

shares

२७ फागुन,काठमाडौँ। नेपाल नेत्रहीन सङ्घले दृष्टिविहीन महिलाका लागि सुरक्षित आवास बनाउने भएको छ ।

सङ्घले कागेश्वरी मनोहरा नगरपालिकाको डाँछीमा रु डेढ करोडको लागतमा भवन बनाउन लागेको हो । सङ्घका निर्देशक नरबहादुर लिम्बूले संस्थाकै स्रोतबाट सात आना जग्गा किनेर भवन बनाउने तयारी गरिएको जानकारी दिनुभयो ।

बिहीबार भवनको शिलान्यास गर्दै सांसद दीपकप्रसाद कुइँकेलले नेत्रहीनले गरेको राम्रो कामलाई आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सांसद रामेश्वर फुयाँलले दृष्टिविहीनहरुको हक, अधिकार स्थापित गर्ने काममा लाग्ने बताउनुभयो । दृष्टिविहीन महिलालाई डेरा खोज्न समस्या हुने भएकाले सुरक्षित भवन बनाउन लागिएको सङ्घका सहायक प्रशासक प्रभाकर न्यौपानेले बताउनुभयो ।

पुरुष दृष्टिविहीनको आवासका लागि पनि भवन बनाउने योजना रहेको सङ्घले जनाएको छ । विसं २०६८ को जनगणनाअनुसार नेपालमा ९५ हजार दृष्टिविहीन छन् । दृष्टिविहीनमध्ये ३८ प्रतिशत महिला छन् ।

वि.सं.२०७३ फागुन २७ शुक्रवार ०७:४८ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...