back

दृष्टिविहीन महिलाका लागि सुरक्षित आवास बनाइने

वि.सं.२०७३ फागुन २७ शुक्रवार

657 

shares
GLOBAL IME AD
NTC AD

२७ फागुन,काठमाडौँ। नेपाल नेत्रहीन सङ्घले दृष्टिविहीन महिलाका लागि सुरक्षित आवास बनाउने भएको छ ।

सङ्घले कागेश्वरी मनोहरा नगरपालिकाको डाँछीमा रु डेढ करोडको लागतमा भवन बनाउन लागेको हो । सङ्घका निर्देशक नरबहादुर लिम्बूले संस्थाकै स्रोतबाट सात आना जग्गा किनेर भवन बनाउने तयारी गरिएको जानकारी दिनुभयो ।

बिहीबार भवनको शिलान्यास गर्दै सांसद दीपकप्रसाद कुइँकेलले नेत्रहीनले गरेको राम्रो कामलाई आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सांसद रामेश्वर फुयाँलले दृष्टिविहीनहरुको हक, अधिकार स्थापित गर्ने काममा लाग्ने बताउनुभयो । दृष्टिविहीन महिलालाई डेरा खोज्न समस्या हुने भएकाले सुरक्षित भवन बनाउन लागिएको सङ्घका सहायक प्रशासक प्रभाकर न्यौपानेले बताउनुभयो ।

पुरुष दृष्टिविहीनको आवासका लागि पनि भवन बनाउने योजना रहेको सङ्घले जनाएको छ । विसं २०६८ को जनगणनाअनुसार नेपालमा ९५ हजार दृष्टिविहीन छन् । दृष्टिविहीनमध्ये ३८ प्रतिशत महिला छन् ।

वि.सं.२०७३ फागुन २७ शुक्रवार ०७:४८ मा प्रकाशित

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२...

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

फिक्कल (इलाम) । ठाडो स्वरुप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा...